चितवन, १२ मंसिर । नेकपा एमालेको आगामी नेतृत्व दाबी गरेका भीम रावलले आफू निकट नेता कार्यकर्तासँग छलफल सुरु गर्नुभएको छ । रावल बन्दसत्रस्थल होटल सेभेन स्टारमा छलफलमा रहेको स्रोतले बतायो । छलफलमा को को छन् भन्ने गोप्य राखिएको छ ।बन्दसत्रको पहिलो दिन हिजोको निर्णयले पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्य छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएपछि लोकतान्त्रिक प्रक्रिया मिचिएको भन्दै असन्तुष्टि जनाएका रावललाई अध्यक्षबाट उम्मेदवारी फिर्ता लिन दबाब आइरहेको छ ।
भीम रावलले आफू निकट नेता कार्यकर्तासँग छलफल गर्दै












प्रतिक्रिया दिनुहोस्