काठमाडौ मंसिर १३ । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ विजयी हुनुभएको छ । अर्का प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८६८ मतले हराउँदै बानियाँ जिल्ला सभापति निर्वाचित भएका छन् । बानियाँले १९५७ र कार्कीले १०८९ मत पाउनुभएको हो । बानियाँलाई प्रकाशमान सिंह र गगन थापा पक्षले समर्थन गरेका थिए । यस्तै कार्कीलाई शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा होमिएका थिए । निर्वाचनमा बानियाँ नेतृत्वको प्यानल नै विजयी भएको छ ।कांग्रेसको काठमाडौं जिल्ला उपसभापतिमा गोकर्ण केसी र राजकुमारी नकर्मी विजयी हुनुभएको छ । केसीले १९२२ र नकर्मीले १८२९ मत पाउनुभएको छ । सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा प्रा.डा.अमिता प्रधान र रोमलाल श्रेष्ठ विजयी हुनुभएको छ ।
कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा बानियाँ विजयी













प्रतिक्रिया दिनुहोस्