जनता टाइम्स

१३ मंसिर २०७८, सोमबार १५:४६

एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित (सूचिसहित)


काठमाडौं,१३ मंसिर । नेकपा एमालेको दशौँ महाधिवेशनमा केन्द्रीय नेतृत्वमा आउने आकाङ्क्षी उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित भएको छ ।
पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबीरविरोधलगायतका प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ता सकिएको झन्डै चार घन्टापछि महाधिवेशन स्थलमा पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।