जनता टाइम्स

१४ मंसिर २०७८, मंगलवार ०९:२७

भीम रावलले उपाध्यक्ष अस्वीकार गर्नुभएको हो, निषेध गरेको छैन : नवनिर्वाचित महासचिव पोखरेल


चितवन, मंसिर १४ । नेकपा एमालेका नवनिर्वाचित महासचिव शंकर पोखरेलले एमालेमा फरक विचार रहेकाले निषेध नगरेको प्रष्ट पार्नुभएको छ ।

महाधिवेशनस्थलमा भइरहेको मतदान केन्द्रमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले भीम रावलले उपाध्यक्ष रहन अस्वीकार गरेकाले निर्वाचनमा जानुपरेको बताउनु भयो ।

‘उहाँ (रावल) ले म अध्यक्षको उम्मेदवार हुँ, उपाध्यक्ष रहन्न भनेपछि स्वभाविक प्रक्रिया सुरु भएको हो, निषेध गरिएको होइन,’ उमहासचिव पोखरेलले भन्नुभयो ।