काठमाडौं, असोज २१ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई सर्वसम्मत सभापति बनाउने गृहकार्य अघि बढाइएको छ ।
बिशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवादेखि पुराना सवै नेतालाई बाटो लगाएर नेतृत्वमा पुग्नुभएका थापालाई महाधिवेशनबाट पनि सर्वसम्मत बनाउनु पर्ने भन्दै बरिष्ठ उपसभापति बिश्वप्रकाश शर्माले अभियान छेडनुभएको हो ।
गगनका बिश्वासपात्र शर्माको अभियानपछि सभापति पदका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको छ । गगनसँग प्रतिस्पर्धा गरेर जित्ने त परको कुरा धरौटीसमेत जोगिने अवस्था नदेखेपछि राठोरले आफ्नो पद सुरक्षित गर्दै सभापतिको उम्मेद्वारी फिर्ता लिनुभएको हो ।
उहाँलाई निर्वाचन समितिको सूचनाअनुसार पदाधिकारी वा पछि मनोनीत गरी पदाधिकारी बनाउने सहमति बनेको छ । यही सहमतिअनुरुप बुधबार पत्रकार सम्मेलन गर्दै राठोरले पार्टी सङ्कटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभयो ।
रोठोरले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको जानकारी दिनुभयो । राठोरले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहनेसमेत बताउनु भएको छ ।
‘कांग्रेसलाई एकता चाहिएको छ । गगन थापाले नै पार्टीभित्र एकता आवश्यक रहेको भन्दै मिलेर जाने प्रस्ताव गरेपछि समर्थन गर्ने निर्णयमा पुगेको हुँ । कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन म सक्रियरुपमा लागिरहने छु,’ राठोरले भन्नुभयो ।पूर्वसभापति देउवाको समुहमा रहनुभएका राठोर केही समयअघि संस्थापनतिर लाग्नुभएको थियो ।
राठोरको उम्मेद्वारी फिर्तापछि अव सभापतिमा निर्विरोध बन्न गगन थापाकै गुरु श्यामकृष्ण खड्गी हुनुहुन्छ । खडगीलाई थापाकै योजनाअनुसार सभापतिको उम्मेद्वारी दिन लगाइएको उहाँ निकट नेताहरूको भनाई छ । राठोरलाई फिर्ता गराउनकै लागि खडगीलाई उम्मेद्वारी हाल्न लगाइएको र अव केन्द्रीय सदस्य बनाएर सहमति जुटने थापा निकट नेताहरूको बुझाइ छ ।
कांग्रेसलाई एकता चाहिएको छ । गगन थापाले नै पार्टीभित्र एकता आवश्यक रहेको भन्दै मिलेर जाने प्रस्ताव गरेपछि समर्थन गर्ने निर्णयमा पुगेको हुँ । कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन म सक्रियरुपमा लागिरहने छु

खडगीलाई कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले सुरुदेखि नै गगनको डमी उम्मेद्वार भन्दै प्रचार गरेको दृष्यले पनि राठोरलाई रोक्नका लागि अघि सारिएको देखिएको छ । यही योजनाका साथ निर्वाचन समितिले उम्मेद्वारी सच्याउने नाममा हेरफेर गर्न मिल्ने निर्णय लिएको थियो ।












प्रतिक्रिया दिनुहोस्