जनता टाइम्स

१४ मंसिर २०७८, मंगलवार १४:०९

अध्यक्षमा ओलीले हजार मत ल्याउँदा रावललाई ७५ मात्रै


चितवन, १४ मंसिर। नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको परिणाम आउन थालेको छ। नेतृत्व चयनको लागि केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचन आयोगका अनुसार ओलीले १ हजार मत ल्याउँदा प्रतिस्पर्धामा रहेका रावलको पक्षमा ७५ मत मात्रै झरेको छ। प्रारम्भिक परिणाम अनुसार वर्तमान अध्यक्ष ओलीले फराकिलो अग्रता बनाउनुभएको छ । अहिले चितवनको सौरहास्थित सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फेरेन्स हलमा मतगणना भइरहेको छ। एमालेमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। जसमा दुई हजार ९६ मत खसेको छ। विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउनेछ।