जनता टाइम्स

१५ मंसिर २०७८, बुधबार १७:०६

राप्रपा र एमालेलाई एजेण्डाले एक ठाउँमा ल्याउन सक्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल


काठमाडौं, १५ मंसिर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेलाई एजेण्डाले एकैस्थानमा ल्याउन सक्ने बताउनुभएको छ ।

काठमाडौंमा आजबाट सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने भन्दै एजेण्डा मिल्ने भएकाले एकैस्थानमा ल्याउन सक्ने बताउनुभयो । सातातिना कुरामा विभाजित हुन नहुने भन्दै उहाँले सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न नसक्ने बताउनुभयो ।

विगत बिर्सिएर देश र जनताको अवस्था परिवर्तन गर्न राप्रपा र एमाले मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको उहाँले देश र जनताको पक्षमा काम गर्नेगरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । देशमा अस्थिरता ल्याउनेलाई चिन्नुपर्ने भन्दै उहाँले एजेण्डा, विचारमा एकता ल्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।