जनता टाइम्स

१३ असार २०७६, शुक्रबार १२:१४

विदेशमा पनि प्रभु बैंक, ५ देशमा सम्पर्क कार्यालय खोल्न अनुमति


काठमाडौं, असार १३

प्रभु बैंक लि.ले अष्ट्रेलियाको सिड्नी, भारतको दिल्ली, मलेसियाको क्वालालाम्पुर, कतारको दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आप्mनो सम्पर्क÷प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती प्राप्त गरेको छ ।

प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रभु बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क÷प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरी नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि सम्बन्धित सबै सम्पर्क÷प्रतिनिधि कार्यालयहरुबाट बैंकले आप्mनो सेवा प्रारम्भ गर्ने जनाएको छ ।

हालसम्म देशभरका १८६ शाखा कार्यालय, १३९ वटा एटिएम तथा २३ वटा एक्सटेन्सन काउण्टर कार्यालयहरु रहेका छन् । प्रभु बैंकका विदेशस्थित ५ वटा सम्पर्क÷प्रतिनिधि कार्यालयहरु सञ्चालनमा आएपश्चात् प्रभु बैंकको सञ्जाल विदेशमा पनि विस्तार हुनेछ भने यसबाट अन्तर्राष्ट्रिय व्यापारमा टेवा पुग्न बैंकले विश्वास लिएको छ ।