जनता टाइम्स

१६ मंसिर २०७८, बिहिबार १२:३८

आज कतिमा विक्रि भइरहेको छ सुनचाँदी ?


काठमाडौं, १६ मंसिर । आज सुनको भाउ स्थिर छ । बुधबार तोलाको ९१ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा किनबेच भईरहेको छ । तेजाबी सुनको भाउ पनि आज तोलाको ९१ हजारमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर तोलाको ११ सय ९० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ४४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार १० रुपैयाँ कायम गरेको छ ।