काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका नेता अब्दुल सतारले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताउनुभएको छ।नेपाल मुश्लिम संघका संस्थापक अध्यक्षसमेत रहेका सतारले मुश्लिम आरक्षण तर्फबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।
उहाँ गोरखाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुनुहुन्छ । कांग्रेस महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुनेछ।अब्दुल नेविसंघको राजनीति हुँदै कांग्रेस राजनीतिमा आउनुभएको हो । उहाँले पार्टी केन्द्रमा रहेर सेवा गर्ने इच्छा रहेकोले केन्द्रीय समिति सदस्यमा यसपालि उम्मेदवारी दिने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्