जनता टाइम्स

१७ मंसिर २०७८, शुक्रबार १६:०७

राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ


काठमाडौं, १७ मंसिर । राप्रपाको एकता महाधिवेशन काठमाडौंमा चलिरहेको छ । गत बुधबारबाट सुरू भएको महाधिवेशनमा शुक्रबार उम्मेदवार मनोनयन दर्ता गरिएको छ भने शनिबार नेतृत्व चयनका लागि मतदान हुनेछ । अध्यक्ष पदमाबाहेक पदाधिकारी र सदस्यको भोटिङ मेसिनबाट मतदान गरिने भएको छ । अध्यक्ष पदमा भने मतपत्र प्रयोग गरिने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयाृे ।

मतदानको अघिल्लो दिन आज महाधिवेशनस्थलमा नेताहरू भोट माग्न व्यस्त छन् । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी परेको छ । नायिका रेखा थापा पनि लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवारी दिनुभएको छ । उहाँ पनि भोट माग्न व्यस्त देखिनुहुन्छ ।