जनता टाइम्स

१८ मंसिर २०७८, शनिबार १०:५६

खुल्यो अन्तराष्ट्रिय बिमानस्थल, नियमित उडान सुरु


काठमाडौं, मंसिर १८ । बाक्लो हुस्सु हटेसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको नियमित उडान सुरु भएको छ । हुस्सुका कारण आज बिहानैदेखि बन्द भएको बिमानस्थल केही समय अघिबाट सुचारु भएको हो ।

बिमानस्थलमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बाँस्तोलाले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार बाक्लो हुस्सु लागेकोले ९ बजेसम्म काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं आउने कुनै पनि जहाज उडान र अवतरण हुन सकेको थिएन ।

केही बेर अघिबाट हुस्सु हटेको र नियमित उडान भइरहेको बाँस्तोलाले बताउनु भयो । बिमानस्थल खुलेसँगै आकाशमै ‘होल्ड’ रहेका जहाजहरु अवतरण भएका छन ।