जनता टाइम्स

१८ मंसिर २०७८, शनिबार १२:५६

वाग्मती प्रदेशमा गठबन्धनको मुखुण्डो च्यातियो, सरकारी ढुकुटीको यसरी गर्न थाल्यो लुटपाट


काठमाडौं, मंसिर १८ । सत्तारुढ गठबन्धनले सत्ता परिवर्तन लुटनका लागि नै भएको प्रमाणित गर्न थालेको छ । बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आठ ओटा मन्त्रालय फुटाएर १४ पुर्याएपछि यो गठबन्धन बिकास र समृद्धि रोकेर लुटनका लागि बनेको प्रमाणित भएको हो । पाण्डेको यो कार्यले नेपालीमा उखान ‘…भन्दा देख्नेलाई लाज ।’जस्तै भएको छ ।

अहिले वाग्मती प्रदेशमा सत्ता गठबन्धनले त्यस्तै देख्नेलाई नै लाज लाग्ने कर्म गरिरहेका छन् । उनीहरूको यो कर्मले अहिलेको गठबन्धन केवल सत्ता र देश लुट्नको लागि हो भन्ने पुष्टि गर्दै गएको छ । गठबन्धनमा भाग पुर्‍याउने वाग्मती राज्य सत्ताको चरम दुरुपयोग गरी देशको सम्पत्ति लुट्ने काम सुरु भएको छ । लुटको राज मच्चाउन धमाधम मन्त्रालय टुक्र्याउने र मन्त्री बढाउने काम मुख्यमन्त्री राजेन्द्र पाण्डेले सुरु गर्नुभएको छ ।

अरूलाई नीति, विधि र पद्धति सिकाउने माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्नुभएका पाण्डेले वाग्मती प्रदेशमा आठ वटा मन्त्रालयलाई फुटाएर १४ पुर्‍याउनु भएको छ । तै पनि भागबन्डा मिलाउन सक्नुभएको छैन । भागबन्डा नमिलेकै कारण प्रदेश सरकारले पूर्णता पाएको छैन । गठबन्धनमा अझै सहमति जुटेको छैन ।

पाण्डेले भागबन्डा मिलाउन गत बुधबार मन्त्रिपरिषद्को बैठकबाट मन्त्रालय फुटाएर १४ बनाउनुभयो । जसको सूचना राजपत्रमा समेत प्रकाशित भइसकेको छ । एमालेको तर्फबाट तत्कालीन मुख्यमन्त्री बन्नुभएकी अष्टलक्ष्मी शाक्यले सात वटा मन्त्रालयलाई फुटाएर आठ वटा बनाउँदा समेत आलोचना गर्ने गठबन्धनका कांग्रेस, माओवादी र समाजवादी अहिले प्रदेशलाई भाग लगाएर लुटने धन्दामा अघि बढेको प्रष्ट भएको छ ।