जनता टाइम्स

१८ मंसिर २०७८, शनिबार १७:१२

राप्रपा महाधिवेश : दुई हजार मत खस्यो, अझै २३ सय बाँकी


काठमाडौं, मंसिर १८ । काठमाडौंमा जारी राप्रपाको महाधिवेशनमा दुई हजार मत खसेको छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अझै २३ सय मत खस्न बाँकी छ ।

पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो । यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलको प्यानल चुनावी मैदानमा रहेको छ । महाधिवेशनमा महामन्त्रीमा दुई महिला कुन्ती शाही र रेखा थापा प्रतिस्पर्धा गरिरहनु भएको छ ।