जनता टाइम्स

१९ मंसिर २०७८, आईतवार १७:३९

नेपालका लागि पूर्वअमेरिकी राजदूत बनिन अमेरिकी सहायक विदेशमन्त्री


वासिङटन डिसी, मंसिर १९ । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि पूर्वअमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई सहायक विदेशमन्त्रीमा नियुक्त गर्नुभएको छ । टेप्लिजलाई प्रशासनतर्फ अमेरिकी विदेश मन्त्रालयमा सहायक विदेशमन्त्री नियुक्त गरिएको हो ।

तेप्लिज हालै श्रीलंकाको राजदूतका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहााले सन् २०१८ देखि मालदिभ्समा राजदूतका रुपमा समेत काम गर्नुभएको थियो । उहाँ सन् २०१५ देखि सन् २०१८ सम्म नेपालमा राजदुतको रुपमा कार्यरत रहनुभएको थियो । सन् २०११ देखि सन् २०१२ सम्म काबुलमा समेत उहाँले काम गर्नुभएको थियो । उहाँले बंगलादेश, बेल्जियम र अष्ट्रेलियामा समेत अमेरिकी कूटनीतिज्ञका रुपमा काम गरिसक्नु भएको छ ।

तेप्लिजले सन् १९९१ मा अमेरिकी विदेश मन्त्रालयमा सेवा सुरु गर्नुभएको हो । उहाा करिअर मन्त्री सरहको दर्जामा अमेरिकी विदेश मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो ।