जनता टाइम्स

१९ मंसिर २०७८, आईतवार २१:५३

वागमती कांग्रेसको सभापतिमा बानियाँ निर्वाचित


हेटौंडा, १९ मंसिर । नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ईन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई १५८ मत अन्तरले हराउँदै सभापति शेरबहादुर देउवानिकट बानियाँ प्रदेश सभापतिमा निर्वाचित हुनुभएको हो ।

कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको थियो। जसमा बानियाँले १०८५ मत पाउँदा केसीले ९२७ पाउनुभएको थियो । यद्यपि, औपचारिक घोषणा हुन भने बाँकी रहेको छ। शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो।