जनता टाइम्स

२० मंसिर २०७८, सोमबार १०:५८

पर्यटनमन्त्री आलेको कर्ततु बाहिरियो, भन्सार छलेर आफैले भित्र्याए लाखौंका सामान


काठमाडौं, २० मंसिर ।  विदेशबाट सामान ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कडाइ छ, तर विदेशमा दु खजिलो गरेर आउने कामदारलाई मात्र हो । मन्त्रीलगायत उच्चपदस्थलाई छुट भइरहेको छ। ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी ल्याउँदासम्म पनि। कुनै कानुननै भएको जस्तो भएको गुनासो गरेको छन् सर्वसाधरणले । यसरी भन्सार छलेर लाखौँको सामान ल्याउनुभएको हो-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले।

गत नोभेम्बरमा लन्डनमा ट्राभल एन्ड टुरिजम एक्स्पो (डब्लूटीएम) आयोजना भएको थियो। विश्वभरका पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरू कार्यक्रममा सहभागी हुनुभएको थियो । नेपालको तर्फबाट पनि प्रत्येक वर्ष उक्त कार्यक्रममा सहभागीता रहने गरेको छ। सन् २०२१ को डब्लूटीएममा पनि नेपाल पर्यटन बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी र म्यानेजर लक्ष्मण गौतम सहभागी हुनुभएको थियो ।

त्यस्तै पर्यटनमन्त्री प्रेम आले, तत्कालीन सचिव यादव कोइराला र मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मी पनि उक्त कार्यक्रममा जानुभएको थियो । कार्यक्रममा भाग लिन अन्य सहभागीहरू अक्टोबर २८ मा लन्डनतर्फ लाग्नुभएको थियो । मन्त्री र स्वकीय सचिव भने अक्टोवर ३१ मा लन्डन जानुभएको थियो । मन्त्री आले लन्डनबाट नै स्कटल्यान्डमा आयोजित कोप २६ मा पनि सहभागी हुन पुगेका पुग्नुभएको थियो । कार्यक्रमका लागि गएका सबै सहभागीले आउने र जाने दुईतर्फी टिकट कतार एयरवेजमा काटेका थिए। अन्य सहभागीहरूले दुईतर्फी टिकट १ लाख ३८ हजार रुपैयाँमा काटेका थिए। तर मन्त्री आलेले बिजनेस क्लासको टिकट काटेर १२ लाख रुपैयाँ खर्चे गर्नुभएको थियो ।

मन्त्रालयका उच्च अधिकारीले दिएको जानकारीअनुसार मन्त्रीले स्वकीय सचिवलाई पनि सोही बराबरको टिकटमा लन्डन लगेको बताईएको छ । यसरी टिकटमै ‘सौख’ देखाएका मन्त्री आलेले विदेशबाट फर्कंदा त हदै सम्मको लापरवार्ही गर्नुभयो । उहाँले ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी भन्सार छलेर नेपाल छिराए। त्यो पनि उच्च पदस्थहरूलाई उपहार दिनका लागि , मन्त्री आलेले काठमाडौं फर्किंदा ड्युटी फ्रीमा लाखौँको सामान खरिद गरेर काठमाडौं ल्याएको खुलेको हो। नेपाल राष्ट्र बैंकले विदेश जाने नेपालीलाई एक जना बराबर ५ सय डलर मात्रै लैजाने सुविधा दिएको छ।

राष्ट्र बैंकको नीतिलाई समेत चुनौती दिँदै मन्त्री आलेले भने लाखौँ पर्ने सामान खरिद गरेर काठमाडौं भित्राउनुभएको छ । मन्त्री आलेले लन्डन जाँदा २० हजारभन्दा बढी डलर खर्च गरेकोसमेत पाइएको छ। जब कि लान पाइने ५ सय डलर सटहीका लागि समेत नेपालमा ‘क’ वर्गको मान्यताप्राप्त बैंकमा स्वयम उपस्थित भएर आयस्रोतसमेत खुलाउनुपर्ने नियम छ। अहिले भन्सार कार्यालयले एउटा मोबाइल र एउटा घडी तथा ड्युटी फ्रीको रक्सीसमेत एक बोत्तलभन्दा बढी ल्याएका जफत गर्ने व्यवस्था गरेको छ। तर मन्त्री आलेले स्कटल्यान्ड विमानस्थलबाट लन्डन आउँदा ५ बोतल डबल ब्ल्याक लेबल खरिद गर्नुभएको एक स्रोतले बतायो। पुनः लन्डनबाट ५ नोभेम्बरमा नेपाल फर्कँदा दोहा विमानस्थलमा ४ बोतल सिवास रिगल खरिद गर्नुभएको स्रोत बताउछ ।

अतिरिक्त सामानका कारण मन्त्री आलेले लन्डनमा दुईवटा सुटकेस थप्नुभएको थियो । मन्त्रालय स्रोतका अनुसार मन्त्री त्यतिमै रोकिनुभएन, उहाँले ७ थान रोलेक्स घडीसमेत किन्नुभयो , नेपालमा शीर्ष नेताहरूलाई उपहार दिनका लागि। फरक फरक मूल्यमा पाइने रोलेक्समध्ये मन्त्री आलेले किनेको रोलेक्सको मूल्य ७ लाख रुपैयाँ हाराहारी परेको स्रोतले बतायो। त्यस्तै मन्त्री आलेले दोहामै ७ वटा आइफोन १३ प्रो खरिद गर्नुभएको थियो । आइफोन १३ प्रोको लागि मात्र उहाँले झण्डै २० लाख रुपैयाँ खर्चिएको स्रोत बताउछ ।

यसरी अथाह सामान ल्याएका मन्त्री विमानस्थल भन्सार कार्यालयमा रोकिनुभएन । तत‍् तत् उपहार उहाँ केही परिवारका सदस्यसहित सम्बन्धित उच्च पदस्थसम्म पुर्‍याइसकेको स्रोत बताउ छ । भीआईपीको चेकजाँचमा खासै चासो नदिने भएकाले पनि मन्त्री आलेले देशको कानूनलाई चुनौती दिँदै सबै सामान सहजै काठमाडौं ल्याउनुभएको हो । मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मीले दुईवटा आइफोन मात्र ल्याएको दाबी गर्नुहुन्छ। ‘धेरै सामान ल्याएको भन्ने कुरा झुटा हो, दुईवटा आइफोन मात्र ल्याएका हौँ, एउटा मन्त्रीजीको लागि र एउटा मेरो लागि ल्याएका हौँ’ रेग्मीले भन्नुभयो । भन्सार कार्यालय भन्छ ––सबैलाई उही नियम हो

मन्त्री आलेले भन्सार छलेर अथाह सामान लिएर आइसक्दा पनि भन्सार कार्यालय भने सबैलाई उही नियम लागू हुने जनाउँछ।विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराई भीआईपीको पनि अरू सामान्‍य आगन्तुकसरह नै उही प्रक्रियाबाट चेकजाँच हुने बताउँछन्। ‘ह्यान्डक्यारीको माथि प्रवेशमै चेक हुन्छ, लगेज त रेगुलर सिस्टमबाटै चेक हुन्छ। भीआईपीहरूको लगेज लिन कहिलेकाहिँ आफ्नो मान्छे भने खटाउँछन्’ भट्टराईले भन्नुभयो। कही कतै लुकाएर छुटेको पाइए कारबाही हुने समेत भट्टराईले बताउनुभयो ।