जनता टाइम्स

२० मंसिर २०७८, सोमबार १६:१९

सत्ता गठबन्धन टुट्ने संकेत, आम निर्वाचन घोषणा गर्दै देउवा


काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टी नेतृत्वमा आउनेमा ढुक्क हुनुभएको छ । देशभरको काँग्रेस महाधिवेशन प्रतिनिधिको आँकडा समेत बालुवाटारमा पुगिसकेको छ । त्यसबाट देउवा उत्साही हुनुभएको बालुवाटार स्रोतले जनाएको छ । काँग्रेसभित्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पावर सेयरिङ गर्ने र उहासँग रणनीतिक चार्तुयतालाई निरन्तरता दिदै सभापति जित्ने देउवाको दाउ देखिनुभएको छ ।

पार्टीभित्र पकड कायमै राखेको रिपोर्टका आधारमा उहाले बालुवाटारमा सभापति फेरि उठ्ने उद्घोष समते गर्नुभयो । देउवाले सत्ता गठबन्धन लामो समय नजाने संकेत पनि गर्नुभएको छ । उहाँले गठबन्धन दलहरुबीच चुनावी समिकरणबारे पनि महत्वपूर्ण कुरा गर्दै आगामी स्थानीय र आमनिर्वाचनसम्म त्यो यथावत् नरहने स्पष्ट पार्नुभएको छ । आज आफैले उहाँले यो समिकरण अब धेरे अगाडी नजाने बताउनुभएको हो । काँग्रेसभित्र पकड बलियो बनाएलगत्तै देउवाको पछिल्लो अभिव्यक्ति आएको छ ।

यसबाट उहाँले भन्दै आएको अर्ली इलेक्शनको पनि संकेत गनुृभएको छ । २८ मंसिरमा अमेरिकी सहयोगसम्बन्धी एमसीसी प्रतिनिधि सभामा टेबुल हुँदैछ । यसबारे गठबन्धन दलभित्रै मतभिन्नता छ । एमसीसी पारित गर्ने या नगर्ने विषयले टकराव हुँदा गठबन्धन टुट्ने सम्भावना पनि छ । योसँगै देउवाले देशलाई फेरि चुनावमा लाने सम्भावना बढेर गएको छ ।