जनता टाइम्स

२० मंसिर २०७८, सोमबार १८:२८

प्रेस चौतारी उपत्यका प्रदेश कमिटीले पायो पूर्णता : अध्यक्षमा सिलवाल, महासचिवमा आचार्य


काठमाडौं, २० मंसिर । प्रेस चौतारी नेपालको उपत्यका प्रदेश कमिटी अध्यक्षमा हेमराज सिलवाल चयन हुनुभएको छ । यससँगै प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीले पूर्णता पाएको छ ।

कमिटीको अध्यक्षमा सिलवाल, उपाध्यक्षमा राजु सुवेदी, महिला उपाध्यक्षमा कविता अधिकारी, महासचिवमा विष्णु आचार्य, सचिवमा घनश्याम धमला, समावेशी सचिवमा रमेश गिरी र कोषाध्यक्षमा ज्योति जिसी चयन हुनुभएको हो ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता र उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, केन्द्रीय सदस्य संचिता घिमिरेको उपस्थितिमा आज केन्द्रीय कार्यालय न्यूप्लाजामा सम्पन्न उपत्यकाको पदाधिकारी बैठकले उक्त जिम्मेवारी तोकेको हो । केन्द्रीय अध्यक्ष बस्नेतले संगठनको नवौँ राष्ट्रिय महाधिवेशन तोकिनुपूर्व सदस्यता विस्तार र नवीकरण कार्य पूरा गरी दुई महिनाभित्र प्रदेश र जिल्ला कमिटीको अधिवेशन सम्पन्न गर्न निर्देशन गरिएको बताउनुभयो ।