जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार ०९:१५

पत्रकार महासंघको जिम्मेवारीमा नरहने केन्द्रीय उपाध्यक्ष अधिकारीको घोषणा


काठमाडौं, मंसिर २१ । पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पत्रकार महासंघको जिम्मेवारीमा नरहने घोषणा गर्नुभएको छ । आफ्नो गन्तव्य पार्टी राजनीतितर्फ भएको उल्लेख गर्दै उनले महासंघको जिम्मेवारीमा नरहने बताउनु भएको हो ।

‘म नेपाल पत्रकार महासङ्घको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महांसघको विधान आचार संहिताका पालना गर्नु मेरो प्रमुख कर्तव्य रहेको कुरा मलाई हेक्का छ’ अधिकारीले लेख्नुभएको छ, ‘अब मेरो गन्तव्य पार्टी राजनीति तिर । ’उहाँले आफूलाई महासंघमा निर्वाचित गराउने सबैलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद समेत दिनुभएको छ ।

सामाजिक सञ्जाल मार्फत जिम्मेवारीमा नरहने स्पष्ट पारे पनि महासंघमा अहिलेसम्म उहाँको आधिकारिक राजीनामा पत्र भने पुगेको छैन ।
अधिकारीले भने आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने दिनमै राजीनामा दिने बताउनुभयो ।