जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार १०:०७

अधिवक्ता पोखरेलको खुलासा : आन्दोलनका लागि बारलाई युएनडिपीको १८ करोड सहयोग


काठमाडौँ, २१ मंसिर । नेपाल बारको आन्दोलनमा विदेशी सहायता आएको अधिवक्ता भूपेन्द्र पोखरेलले आरोप लगाउनु भएको छ ।
अधिवक्ता पोखरेलले आन्दोलनकै बीचमा नेपाल बारलाई युएनडिपीले १८ करोड रूपैयाँ किन दिएको ?भनेर प्रश्न उठाउनु भएको हो । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रश्न उठाउनु भएको हो ।

उहाँले लेख्नुभएको छ “आन्दोलनकै बिचमा नेपाल वारलाई किन दियौ UNDP ले १८ करोड रूपैयाँ ‘? वारको आन्दोलन रोक्न कि चर्काउन ।।रु जय शम्भु , मङ्सिर २० ” । विभिन्न एनजिओ तथा आइएनजिओहरुले नेपाल बारको आन्दोलनमा चलखेल गरेको र भित्री रुपमा सहयोग गर्दै आएको आरोप लाग्दै आएको छ ।

No description available.