जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार १०:३४

सभापति पदमा उठ्ने तयारी गरिरहेका प्रकाशमान सिंहले खोले सम्पर्क कार्यालय


काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोल्नुभएको छ ।

उहाँले आज बिहान एक कार्यक्रम गर्दै सम्पर्क कार्यालय सुरूवात गर्नुभएको छ । सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर उहाँले सम्पर्क कार्यालय खोल्नुभएको हो ।

यही कार्यालयबाट अब सिंहले नेता तथा कार्यकर्तालाई भेटघाट गर्ने उहाँको सचिवालयले जनाएको छ।सिंहले सभापति पदमा आफू नेचुरल उम्मेदवार भएको बताउदै आउनुभएको छ । ‘मैले आज सम्पर्क कार्यालय खोलेँ, यसबाट तपाईंहरूले बुझ्नुपर्छ मेरो तयारी के छ,’ सिंहले भन्नुभयो , ‘सहमतिबाटै हाम्रो पक्षबाट एक जना मात्रै उम्मेदवार तय गर्न आज पनि चाक्सीबारीमा दिउँसो १ बजे बैठक छ।’सिंहले सम्पर्क कार्यालय खोल्दा केन्द्रीय सदस्य राजन केसी, काठमाडौं कांग्रेस सभापति कृष्णसबुज बानियाँ र ललितपुर सभापति जितेन्द्र श्रेष्ठ, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गीलगायत उपस्थित थिए।