जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार १४:०७

त्रिविका करार शिक्षकलाई स्थायी नगर्न माग राख्दै विद्यार्थी संगठनले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र


काठमाडौं, २१ मंसिर । त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णयको विरोध गर्दै विद्यार्थी संगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।

करारमा कार्यरत शिक्षकलाई आन्तरिक प्रतियोगिताबाट स्थायी गरिने निर्णय सच्याउन माग राख्दै उनीहरुले मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल (छैटौँ)सहितका सात विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई ध्यानाकषर्णपत्र बुझाएका हुन्।करार सेवामा कार्यतर शिक्षकले मात्रै उपप्राध्यापक बन्न पाउने र करारमै रहेका शिक्षकलाई स्थायी नियुक्ति दिन लागिएको भन्दै उनीहरूले त्रिविमा तालाबन्दी गरेका थिए। त्रिविसभाको केही दिनअघि बालुवाटारमा बसेको बैठकले करार सेवामा कार्यरत करिब चार सय ८० शिक्षकलाई आन्तरिक प्रतियोगिताबाट स्थायी गर्ने निर्णय गरेको थियो।