जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार १५:१६

निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा कटुवाल


इलाम, २१ मंसिर । निर्माण व्यवसायी संघ इलामको नवौँ अधिवेशनबाट सन्तोष कटुवाल अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी डिल्ली खनालाई नौ मतले पराजित गर्दै कटुवाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । कटुवालले ९९ मत पाएका छन् भने खनालले ९० मत प्राप्त गर्नुभएको छ ।

निर्वाचित भएपछि कटुवालले अध्यक्षको रुपमा अघि सारेको एजेण्डालाई कार्यान्वयन गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । कटुवालले २०५२ सालदेखि निर्माण व्यवसाय थाल्नुभएको हो । उहाँ हाल विष्णु निर्माण सेवाका सञ्चालक हुनुहुन्छ । यसअघि उहाँ दुई पटक उपाध्यक्ष र एक पटक केन्द्रीय प्रतिनिधि हुनुभएको थियो ।

अध्यक्षमा बाहेक पदाधिकारीमा भने सर्वसम्मत चयन हुनुभएको छ । संघको उपाध्यक्षमा निरोज राउत, सचिवमा वीरेन्द्र कार्की, सहसचिवमा दिनेश खड्का र कोषाध्यक्षमा सन्तोष भक्तराज निर्विरोध चयन हुनुभएको छ । संघको कार्यसमिति सदस्यहरूमा नवीनकुमार तामाङ, मञ्जु कार्की, प्रकाशमान कडेरिया, सिजन देवान, सुजन अधिकारी र सूर्य कार्की निर्वाचित हुनुभएको छ ।