जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार १५:१३

एक्सेल डेभलपमेन्ट बैंकले नबिकेको हकप्रद सेयर पुनः लिलामी प्रक्रियाबाट बिक्री गर्ने


काठमाठौं, २२ मंसिर । एक्सेल डेभलपमेन्ट बैंकले २९ मंसिरदेखि हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ । बैंकले २७ हजार २५७ दशमलव २० कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको हो । यसमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्रमा सहभागी जनाउन सक्नेछन् । बैंकले यसअघि २५ असोजदेखि २१ कात्तिकसम्म २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता (३० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री नभएको सेयर बैंकले अहिले पुनः लिलामीमा ल्याउने भएको हो । सो बोलपत्रमा आवेदन दिने अन्तिम म्याद ७ पुससम्म रहेको छ । यसमा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाडौं, ललितपुर, पोखरा, बुटवल, बिरगञ्ज र बिराटनगर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यस बैंकको हालको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि यसको चुक्ता पुँजी एक अर्ब पाँच करोड रुपैयाँ पुग्नेछ ।