जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार १५:४१

शेयर बजार ५३ दशमलव १० अंकले घट्यो


काठमाडौं, २२ मंसिर । साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा ५० भन्दा पनि बढी अंकले घटेको छ । आज नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर दुई हजार चार सय ५५ दशमलव ८० को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज दुई सय २६ कम्पनीको ६ लाख ५६ हजार नौ सय ४७ कित्ता शेयर कारोबार हुँदा कूल दुई अर्ब ६६ करोड ३९ लाख बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ ।

यो कम्पनीको ११ करोड ८८ लाखभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका सबै समूहको सूचक राताम्मे भएका छन् । सबै सूचकमा शून्य दशमलव ७५ प्रतिशतदेखि झण्डै चार प्रतिशतसम्म गिरावट आएको छ । नेप्सेका अनुसार कारोबारमा आएका सात वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ८१ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ ।

यस्तै, एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । स्ट्याण्डरर्ड चार्टड बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको शेयर मूल्य एक दशमलव ९४ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार सामुदायिक लघुवित्त र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयर मूल्य करिब आठ प्रतिशतभन्दा बढीले घटेको छ ।