जनता टाइम्स

१४ असार २०७६, शनिबार ११:३९

अमेरिकी सरकारले दियो पण्डित दिनबन्धु पोखरेललाई मानार्थ नागरिकता


वासिङटन डिसी, असार १४

अमेरिकी सरकारले पण्डित दिनबन्धु पोखरेललाई मानार्थ नागरिकता प्रदान गरेको छ । वासिङटन डिसीमा सप्ताहमा बाचनका लागि आइपुग्नुभएका पोखरेललाई सामाजिक कामको क्षेत्रमा पुर्याएको योगदानका लागि मानार्थ नागरिकता प्रदान गरिएको हो । अमेरिकी सरकारले मानार्थ नागरिकता प्रदान गर्ने नेपाली संभवन पोखरेल पहिलो हुनुहुन्छ ।

‘कुनै चाहेर पनि होइन, माग गरेर पनि होइन, अमेरिकी भूमिमा सेवा गरे बापत आज अमेरिकी सरकारले नेपालीहरूको इतिहासमा पहिलो पटक म (नेपाली) लाई मानार्थ नागरिकता प्रदान गरेको छ, यो सबै नेपालीका लागि गौरवको विषय हो । सबैको जय होस । नारायण !’ मानार्थ नागरिकता ग्रहणपछि पण्डित पोखरेलले आफ्नो फेसबुक वालमा लेख्नुभएको छ ।

अमेरिकाको डिसी मेट्रो क्षेत्रमा सामुदायिक भवन निर्माणका लागि आयोजित सप्ताहमा बाचनका लागि उहाँ डिसी आइपुग्नु भएको थियो । सप्ताहमा निकै ठुलो सहयोग संकलन भएको छ । सप्ताहमा पाँच सय ४७ दाताबाट १३ लाख ८० हजार अमेरिकी डलर दान प्राप्त भएको सप्ताह मिडिया संयोजन समितिका संयोजक पत्रकार गुणराज लुईटेलले जानकारी दिनुभयो