जनता टाइम्स

२५ मंसिर २०७८, शनिबार १२:५०

एमाले केन्द्रीय सचिवालय बैठक


काठमाडौं, २५ मंसिर– नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने केन्द्रीय कमिटीको दोस्रो बैठकअघि केन्द्रीय सचिवालयको बैठक बोलाउनुभएको थियो । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने प्रस्ताव तयार पार्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताउनुभयो ।