जनता टाइम्स

२५ मंसिर २०७८, शनिबार १७:१५

उद्योगपति विनोद चौधरीले दिए मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी


काठमाडौं, २५ मंसिर । उद्योगपति विनोद चौधरीले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गर्नुभएको छ । चौधरीले मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गर्नुभएको हो ।

उहाँ कांग्रेसको गरिखान देऊ अभियानका संयोजक समेत हुनुहुन्छ । खुलातर्फको ३५ मा निर्वाचन जित्न कठिन हुने देखेपछि चौधरीले मधेसी कोटामा उम्मेदवारी दर्ता गर्नुभएको हो ।