जनता टाइम्स

२५ मंसिर २०७८, शनिबार १९:४५

कांग्रेस सभापतिमा देउवा-शेखर-निधि-सिंहसहित ६ जनाको उम्मेद्वारी, कसको प्यानल कति बलियो ?


काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको भावि सभापतिका लागि चार शीर्ष नेताहरु चुनावी मैदानमा उत्रनु भएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहित डा. शेखर कोइराला, विमलेन्द्र निधी र प्रकाशमान सिंह कांग्रेसको नेतृत्व लिन चुनावी मैदानमा उत्रनुभएको हो ।

कांग्रेसको जारी १४औं महाधिवेशनमा देउवा र कोइरालाले प्यानलसहित चुनावमा होमिनुभएको छ । यस्तै निधीले प्यानलबिना नै सभापतिमा उम्मेदवारी दर्ता गर्नुभएको द्ध भने सिंहले एक उपसभापति र एक महामन्त्रीको टिम बनाउनु भएको छ । सभापतिमा देउवाको प्यानलमा पुराना अनुहार रहेका छन । देउवाको टीमबाट उपसभापतिमा बिजयकुमार गच्छद्धार र पूर्णबहादुर खड्कालाई उम्मेद्वार बनाइएको छ भने महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेललाई राखिएको छ । सभापति देउवाले नेता कृष्णप्रसाद सिटौलासँगको सहमतिअनुसार युवा नेता प्रदीप पौडेललाई आफ्नोप्यानलमा राख्नुभएको हो ।

यस्तै सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाको प्यानलमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ हुनुहुन्छ भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा उम्मेद्वार बन्नुभएको छ । सभापतिका अर्का प्रत्यासी प्रकाशमानले आफ्नो प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मालाई उम्मेद्वार बनाउनु भएको छ । सभापति देउवाले धोका दिएपछि शर्मा सिंहको प्यानलमा पुग्नुभएको छ । कांग्रेस सभापतिका लागि कल्याण गुरुङ र युवराज न्यौपानेले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै सहमहामन्त्रीमा यस्तै सहमहामन्त्रीमा देउवाको प्यानलबाट डिना उपाध्याय (महिला), भिष्मराज आङ्दम्वे (जनजाती) उमाकान्त चौधरी (थारु), किशोर सिं राठोर (खस/आर्य), महेन्द्र यादव (थारु), फरमुल्ला मन्सुर (मुस्लिम), जीवनबहादुर शाही (पिछडिएको क्षेत्र) र मानबहादुर बिश्वकर्मा (दलित) तर्फ उम्मेद्वार बन्नुभएको छ ।

कोइराला प्यानलबाट कमला पन्त (महिला) बिकाश लामा (जनजाती) रामकृष्ण यादव (मधेशी) देवराज चालिसे ( खस/आर्य) तेजुलाल चौधरी (थारु) शेख वकिल (मुस्लिम) बद्री पाण्ड (पिछडिएको क्षेत्र) र जीवन परियार (दलित) तर्फ उम्मेद्वार बन्नुभएको छ ।