जनता टाइम्स

२० आश्विन २०८३, मंगलवार २१:३०

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध


काठमाडौं, असोज २० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला उपसभापति पदमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ।

मंगलबार बेलुका ७ बजेसम्म तोकिएको मनोनयन दर्ताको समयभित्र वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसालबाहेक अन्य उम्मेदवारको उम्मेदवारी नपरेपछि दुवै जना निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।

शर्मा विशेष महाधिवेशनबाट उपसभापति बन्नुभएको थियो भने भुसाल पनि विशेष महाधिवेशनबाटै उपसभापतिमा निर्वाचित हुनुभएको थियो।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मंगलबार विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ। अन्य पदमा भने निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ।