दाङ, २५ मंसिर । दाङमा विद्युतीय कारको बिक्री वितरण सुरु भएको छ । पेट्रोलियम पदार्थको मूल्य आकासिँदै गएको बेलामा विश्वमा माग बढेको विद्युतीय विवाइडी कम्पनीको कार दाङमा आइपुगेको हो । तुलसीपुरमा रहेको टिम इलिभेन ग्रुपले पश्चिम नेपालका लागि आधिकारिक बिक्रेताको जिम्मा लिएसँगै नेपालगञ्जमा शोरुम निर्माण गरेर विद्युतीय कारको बिक्रीवितरण थालिएको ग्रुपका अध्यक्ष विमल पौडेलले जानकारी दिनुभयो ।
उहाँले प्रयोगकर्ताहरुले अत्यधिक रुचाएको विवाइडी ब्राण्ड अन्य कार भन्दा सस्तो शुलभ, टिकाउ तथा बलियो, आरामदायी भएको दाबी गर्नुभयो । उहाँले अहिले दाङ, नेपालगञ्जमा बिक्री खुला गरिसकेको र क्रमसः अन्य जिल्लामा पनि बिक्री थालिने बताउनुभयो । फागुन महिना भित्रमा घोराही, लमही र सल्यानमा नयाँ बिक्री केन्द्र स्थापना गर्न लागेको उहाँले बताउनुभयो ।
आज विवाइडी कम्पनीको विद्युतीय कारको दाङबाट बिक्री सुरु गरिएको हो। विभिन्न मोडलका उक्त कारको अहिले पश्चिम नेपालमा मूल्य ४० लाखदेखि ६० लाख सम्मको रहेको पौडेलले जानकारी दिनुभयो । गाडी वातावरणमैत्री भएको हुँदा अत्यधिक रुचाइएको उहाँले बताउनुभयो । विद्युतीय गाडी प्रयोगकर्ता विमल शर्माले चलाउन पनि सहज, खर्च पनि कम र आरामदायी यात्रा हुने बताउनुभयो ।
मेघाहर्ज अनुसार चार्ज हुने र एक पटक फूल चार्च भएमा ४ सयदेखि ५ सय २० किलोमिटरसम्मको यात्रा सहज रुपमा गर्न सकिने पौडेलले जानकारी दिनुभयो । यस भन्दा पहिले इन्धन गाडी चलाएको र लामो अध्ययन गरेर उपयोगी देखेपछि विद्युतीय गाडी किनेको शर्माको भनाइ छ ।
उहाँले विद्युतीय गाडी अरु भन्दा सस्तो भएको र यसले मासिक रुपमा हुने खर्चसमेत कम गराउने बताउनुभयो । ‘धेरै राम्रो लाग्यो,’ उहाँले भन्नुभयो,‘चलाउन नि सजिलो, लक्जरीयस रहेछ ।’ शनिबारदेखि दाङमा बिक्री सुरु भएको विवाइडी विद्युतीय कार जिल्लामा ४ वटा पुगेका छन्। वितरकहरुले यसको माग बढीरहेको र अडर अनुसार उपलब्ध गराउँदै आएको बताउनुभयो ।
चार्जिङ सेन्टरको उद्घाटन
जिल्लामा विद्युतीय कार भित्रिएपछि त्यसका लागि विद्युतीय चार्ज सहज गराउन तुलसीपुरको दोघरेमा चाजिङ सेन्टर स्थापना गरिएको छ । ग्रुपका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा तथा तुलसीपुर नगर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई नारायणको प्रमुख आतिथ्यतामा सेन्टरको शुभारम्भ गरिएको हो ।













प्रतिक्रिया दिनुहोस्