काठमाडौं, मंसिर २६ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यसम्म गरी ५ सय ४८ जनाले उम्मेदवारले दर्ता गराएका छन । काँग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ताका लागि शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो ।
समितिका अनुसार केन्द्रीय सभापति एक पदका लागि छ जनाले उम्मेदवारी दर्ता गराएका छन । बर्णानुक्रम अनुसार सभापति पदका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराउनुभएको हो ।

यसैगरी दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उपसभापतिका लागि महेशश आचार्य, सुजता कोइराला, डा. चन्द्र भण्डारी, भनराज गुरुङ्ग, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले उम्मेदावरी दिनुभएको छ । यसैगरी दुई महामन्त्री पदका लागि छ जनाको उम्मेदवारी परेको छ । त्यस्तै सहमहामन्त्रीमा २० जनाको र केन्द्रीय सदस्यमा ५ सय ९ जनाको उम्मेदवारी परेको समितिले जनाएको छ ।

हेर्नाेस सूची












प्रतिक्रिया दिनुहोस्