काठमाडौं, २६ मंसिर। नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । शनिबार दलित कलस्टरबाट उम्मेदवारी दिनुभएका उहाँले आइतबार फिर्ता लिनुभएको हो । कांग्रेस निर्वाचन समितिका अनुसार आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने र मध्यान्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । महाधिवेशन यही २४ गते शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु भएको हो ।














प्रतिक्रिया दिनुहोस्