काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध भएका छन् । बिहान ८ बजेबाट सुरु हुने भनिए पनि मतदान अहिलेसम्म सुरु हुन सकेको छैन । मतपत्र छाप्न ढिलो हुँदा मतदान सुरु हुन ढिलो भएको हो । साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।मतदान पश्चात् आजै सभापतिको मतगणना सुरु हुनेछ । प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश भएका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन, बिहान ८ बजेबाट सुरु हुने भनिए पनि मतदान अहिलेसम्म सुरु हुन सकेन













प्रतिक्रिया दिनुहोस्