जनता टाइम्स

२७ मंसिर २०७८, सोमबार १२:१७

कांग्रेसको चरित्र : मतदानस्थलमा फोटो पत्रकारहरुलाई निषेध , यसरी गरे पत्रकारले विरोध


काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएको विरोधमा फोटो पत्रकारहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् ।फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन् ।