जनता टाइम्स

२७ मंसिर २०७८, सोमबार १४:०३

टोलटोलमा गएर संगठन बिस्तार गर्न महिला नेतृहरुलाई एमाले महासचिवको निर्देशन (भिडियोसहित)


काठमाडौं, मंसिर २७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले टोलटोलमा गएर संगठन बिस्तार गर्न महिला नेतृहरुलाई निर्देशन दिनुभएको छ ।

अखिल नेपाल महिला संघले आज आयोजना गरेको महिला केन्द्रीय सदस्यहरुको सम्मान तथा बधाइ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले संगठन बिस्तार नभएसम्म काम गरेको परिणाम नदेखिने पनि स्पष्ट पार्नुभएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजना भएको कार्यक्रममा पोखरेलले आगामी बैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकोले त्यस भन्दा अघि नै सबै जनवर्गीय संगठनका कमिटीहरु चुस्त बनाउनु परेकोले फागुनसम्ममा अधिवेशन र महाधिवेशन सक्न निर्देशन दिनुभयो ।

महासचिव पोखरेलले महिलाहरुलाई विकास निर्माणका काम पनि सरिक हुन, जनतासँग भिज्न,जनताका गुनासा सुन्न र त्यसको सम्बोधन गर्न पनि निर्देशन दिनुभएको छ । समाजका सवै तहमा महिलालाई योग्य कानाउने काम गरेपछि मात्रै अनेमसंघको सान्दर्भिकता र सार्थकता पुष्टि हुने पनि महासचिव पोखरेलले बताउनु भयो ।