काठमाडौं, मंसिर २७ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीदेखि दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको कार्यबिभाजन टुंगो लगाएको छ । आइतवार भक्तपुरमा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले नेताहरुको कार्यबिभाजनको अन्तिम टुंगो लगाएको हो ।
एमालेले यसपटक कार्यबिभाजनमा उपाध्यक्ष र उपमहासचिवलाई भुगोलको जिम्मेवारी दिएको छैन । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्ने गरी सवै नेताको कार्यबिभाजन गरिएको हो । एमालेले कार्यबिभाजनको अपानि जारी नगरे पनि जनताटाइम्स डटकमलाई प्राप्त सूचीअनुसार बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी पाउनु भएको छ ।

यस्तै उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन, अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन, रामबहादुर थापा बादललाई कुटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा संयोजनको जिम्मेवारी तोकिएको छ । यसैगरी उपाध्यक्ष बिष्णु पौडेललाई पार्टीको साँगाठानिक कामको अनुगमन, सुवासचन्द्र नेम्वाङलाई संसदीय मामिला संयोजन र सुरेन्द्र पाण्डेलाई राजकीय मामिला संयोजनको जिम्मेवारी तोकिएको छ ।
यस्तो छ कार्यबिभाजन




















प्रतिक्रिया दिनुहोस्