जनता टाइम्स

२७ मंसिर २०७८, सोमबार १७:२४

कांग्रेस नेतृत्व चयन निर्वाचन : २ हजार मत खस्यो



काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसको राजधानीमा जारी १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको निर्वाचनमा २ हजार बढी मत खसेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार दुई हजार मत खसेको जनाएको हो । समितिका अनुसार साढे ४ बजेसम्म १९९३ मत खसेको छ । विहान ८ बजेबाट मतदान सुरु गर्ने भनिएपनि ४ घण्टाढिलो गरी मतदानको प्रक्रिया सुरु भएको हो थियो । निर्वाचन समितिले राति ९ बजेसम्म मतदान जारी रहने जनाएको छ ।