विराटनगर, मंसिर २७ । नेतृत्व चयनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन दुई दिनका लागि स्थगित भएको छ । नेतृत्वमा सहमति हुन नसक्दा अधिवेशन स्थगित भएको हो ।
तीन दिन बित्दासमेत पदाधिकारी चयन गर्न नसकेको प्रदेश अधिवेशन केन्द्रको निर्णय पर्खनका लागि दुई दिन स्थगित गरेको हो । अध्यक्षमा सहमति हुन नसकेपछि स्थगित गरीएको एक नेताले बताउनुभयो । प्रदेश १ मा तीनजना अध्यक्षको दौडमा रहनुभएको छ । सुरेशकुमार राई (हिमाल), प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी अध्यक्षका लागि मैदानमा हुनुहुन्छ । राई वर्तमान अध्यक्ष र भण्डारी सचिव हुनुहुन्छ । आङवो भने प्रदेशको जिम्मेवारीमा हुनुहुन्न ।
नयाँ नेतृत्वका लागि २५९ सदस्यीय कमिटी भने बनिसकेको छ । सोही कमिटीबाट पदाधिकारी छनोट गर्नु पर्ने भएपनि सहमति नुजुटेपछि दुई दिनका लागि स्थगित गरीएको नेकपा माओवादी प्रदेश कमिटीले जनाएको छ । शनिबार सुरु भएको प्रदेश सम्मेलनले आइतबार नेतृत्व चयन गर्ने कार्यतालिका रहेपनि पनि अध्यक्षका आकांक्षीबीच कुरा नमिलेपछि स्थगित भएको हो । गएराति अबेरसम्म सहमतिका लागि छलफल हुँदासमेत तीनै जनाले आ–आफनो अडान नछाडेपछि समस्या परेको बताइएको छ ।
उमेदवारहरु चुनावी प्रकृयामा गएपछि माथिल्ला कमिटीमा जान नपाउने पाटीको विधान भएकाले सहमतिका लागि जोड बल भइरहेको माओवादीका नेताहरु बताउँछन् । स्थगित भएपछि अव माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नेतृत्व छान्ने माओवादी स्रोतले जनाएको छ । बिद्यार्थी पत्रकारदेखि सवैतिर प्रचण्डले नै टिका लगाएर नेतृत्व छान्दै आउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्