जनता टाइम्स

२७ मंसिर २०७८, सोमबार २०:१९

जसपाका चार जना प्रभावशाली नेता नेकपा एमालेमा प्रवेश


काठमाडौं, मंसीर २७ । जनता समाजवादी पार्टी (जसपा)का चार प्रभावशाली नेता जसपा प्रतियाग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेमा प्रवेश गर्नुभएको छ।जसपा पर्सा जिल्ला सदस्य रामबाबु चौरसिया, धामु शर्मा, सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी, जगरनाथपुर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष अजोध्या कुर्मी लगायतका व्यक्तिले नेकपा एमालेका केन्द्रीय सदस्य, सबिधान सभा सदस्य तथा पर्सा जिल्ला सह इन्चार्ज राजकुमार गुप्ताको नेतृत्वमा एमालेमा प्रवेश गर्नुभएको हो।

उहाँहरुलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टिका खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ । उहाँहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले एमालेमा नयाँ पुरानो भनेर विभेद नगरिने आश्वासन दिँदै महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरिने प्रतिवद्धता जनाउनुभयो । पार्टी प्रवेश गर्दै रामबाबु चौरसियाले मधेशी दल लुटेराको, भ्रष्ट्रचारीको पार्टी भएको भन्दै अब त्यो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको बताउनुभयो।

उक्त कार्यक्रममा केन्द्रिय सदस्य निर्मला देवकोटा, पालिका कमिटी अध्यक्ष अकलेश साह, युवा संघ सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष मोहमद निजाम, पालिका कमिटी सचिव राजेश सहनी, ओबीसी केन्द्रिय सदस्य प्रमोद पटेल, युवा संघ जिल्ला सदस्य तथा ओबीसि गाउँपालिका अध्यक्ष कृष्णा कुशवाहा, स्काउट गाउँपालिका अध्यक्ष भग्वानलाल पटेल लगायतको उपस्थिति रहेको थियो।