जनता टाइम्स

२८ मंसिर २०७८, मंगलवार ०६:०९

जम्मूमा आतङ्कवादी आक्रमण: दुई जना सुरक्षाकर्मीको ज्यान गयो, १२ जना घाइते


काठमाडौं, २८ मंसिर । जम्मू–कश्मीरको श्रीनगरमा आतङ्कवादी आक्रमण भएको छ ।आक्रमणमा दुई जना सुरक्षाकर्मीको ज्यान गएको छ । १२ जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीनगरको जेवानमा रहेको पुलिस क्याम्प नजिकै आतङ्कवादीले सुरक्षाकर्मीलाई लक्षित गरी गोली चलाएका हुन् । आक्रमणमा एक असई र एक हवल्दारको ज्यान गएको खबरमा उल्लेख छ । घाइते प्रहरी जवानको सेनाको अस्पतालमा उपचार भइरहेको कश्मीर प्रहरीले जनाएको छ