काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले अग्रता बढाउँदै लैजानुभएको छ । जारी मतगणनामा देउवाले आफूलाई टक्कर दिइरहनु भएका डा. शेखर कोइरालासँगको मतान्तर फराकिलो बनाउँदै लैजानुभएको हो ।
अहिलेसम्म १९०६ मत गनण हुँदा देउवाले ९१२ मत पाउनुभएको छ । १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ। मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिनुभएको हो । निर्वाचन समितिका अनुसार अहिलेसम्म १९०६ मत गणना भएको छ।
अहिलेसम्म १६०६ मतगणना हुँदा देउवाले ९१२ मत ल्याउनु भएको छ । यस्तै डा शेखर कोइरालाले ६९४ मत पाउनु भएको छ । यस्तै प्रकाशमान सिहं १५९, विमलेन्द्र निधि ११२ र कल्याण गुरुङले ७ मत पाउनु भएको छ ।
गणना– १९०६ । शेरबहादुर देउवा– ९१२, शेखर कोइराला– ६९४, प्रकाशमानसिंह १५ढ, विमलेन्द्र निधि– ११२, कल्याण गुरुङ– ७ ।
मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको छ। मतगणनामा सुरुवाती अग्रता देउवाकै छ। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्छ।













प्रतिक्रिया दिनुहोस्