जनता टाइम्स

२८ मंसिर २०७८, मंगलवार ०७:५३

हालसम्म ३ हजार ७७ मत गणना : देउवा १४६५ कोइराला ११३१


काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ ।राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ ।

हालसम्म ३ हजार ७७ मत गणना भएको छ, जसमा देउवाले १४६५ मत पाएका छन् ।अर्का उम्मेदवार शेखर कोइरालाले ११३१ मत प्राप्त गर्नुभएको छ । प्रकाशमान सिंहले २५० र विमलेन्द्र निधिले १७३ मत पाउँदा कल्याण गुरुङले १२ मत प्राप्त गर्नुभएको छ ।कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ ।

आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।