बुटवल, मंसिर २८ । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशको सम्मेलन सकिए पनि अझै नयाँ नेतृत्वको टुंगो लाग्न सकेको छैन । २५३ सदस्यीय प्रदेश कमिटीका लागि सम्मेलनले २१७ जनाको नाम टुंगो लगाएको थियो । , बाँकी पदाधिकारीको विषयमा सहमति नजुट्दा नयाँ नेतृत्व नै चयन हुन सकेको छैन ।
तीमध्ये ११ जना विभिन्न क्लस्टरका लागि छुट्टयाइएको माओवादी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिनुभयो । ती ११ जना भने मनोनित गर्ने व्यवस्था छ । लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल र तुल्सीराम पुनले दाबी गर्नुभएको छ । बराल लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री हुनुहुन्थ्यो । पुन भने पार्टीको दाङ जिल्ला संयोजक हुनुहुन्छ ।
यसअघि दावी गरेका प्रदेश सांसदद्वय दिपेन्द्र पुन र दावा शर्मा तथा नेता जगप्रसाद शर्मा र डोरप्रसाद उपाध्याय भने पछि हटनुभएको छ ।उपाध्यक्ष, सचिव लगायतका पदमा पनि सहमति जुट्न सकेको छैन ।













प्रतिक्रिया दिनुहोस्