जनता टाइम्स

२८ मंसिर २०७८, मंगलवार ०८:१८

३७७९ मत गन्दा देउवा १७९८, शेखर १४१३


काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको सभापतिमा शेरबहादर देउवाले आफ्नो अग्रता झनै फराकिलो बनाउनु भएको छ । काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भइरहेको सभापति पदको मतगणनामा ३७७९ मत गनणा हुँदा देउवाले १७९८ मत पाउनु भएको छ । यस्तै शेखर कोइराला– १४१३, प्रकाशमानसिंह– २८६, विमलेन्द्र निधि– २००, कल्याण गुरुङ– १९ पाउनु भएको छ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ । मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको थियो। मतगणनामा सुरुवातीदेखि अग्रता देउवाकै छ।

महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्छ।
कांग्रेस सभापतिमा निर्वाचित हुन कुल खसेकोमध्ये ५१ प्रतिशत मत आवश्यक पर्छ। यो प्रतिस्पर्धा कायमै रहे पहिलो चरणमा सभापति पदमा कसैको ५१ प्रतिशत नपुग्न सक्छ।

गणना– ३७७९ । शेरबहादुर देउवा– १७९८, शेखर कोइराला– १४१३, प्रकाशमानसिंह– २८६, विमलेन्द्र निधि– २००, कल्याण गुरुङ– १९ ।