काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको सभापतिमा शेरबहादर देउवाले आफ्नो अग्रता झनै फराकिलो बनाउनु भएको छ । काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भइरहेको सभापति पदको मतगणनामा ३८७८ मत गनणा हुँदा देउवाले १८४६ मत पाउनु भएको छ । यस्तै शेखर कोइराला– १४३३, प्रकाशमानसिंह– २८९, विमलेन्द्र निधि– २२६ र कल्याण गुरुङले २० मत पाउनु भएको छ ।
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ । मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको थियो। मतगणनामा सुरुवातीदेखि अग्रता देउवाकै छ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्छ। कांग्रेस सभापतिमा निर्वाचित हुन कुल खसेकोमध्ये ५१ प्रतिशत मत आवश्यक पर्छ। यो प्रतिस्पर्धा कायमै रहे पहिलो चरणमा सभापति पदमा कसैको ५१ प्रतिशत नपुग्न सक्छ। अहिलेसम्म गणना भएको मत परिणामअनुसार देउवाले ४७.६ र बिपक्षी उम्मेद्वारहरुले ५२.४ प्रतिशत मत पाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्