काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको सभापतिमा शेरबहादर देउवाले आफ्नो अग्रता झनै फराकिलो बनाउनु भएको छ । काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भइरहेको सभापति पदको मतगणनामा ४२७६ मत गनणा हुँदा देउवाले २०४६ मत पाउनु भएको छ । यस्तै शेखर कोइराला– १६१५, प्रकाशमानसिंह– ३३५, विमलेन्द्र निधि– २३८ र कल्याण गुरुङले २० मत पाउनु भएको छ ।
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ । मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको थियो। मतगणनामा सुरुवातीदेखि अग्रता देउवाकै छ। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्छ।













प्रतिक्रिया दिनुहोस्