काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको सभापतिमा शेरबहादर देउवाले २१४२ मत प्राप्त गर्नुभएको छ । काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भइरहेको सभापति पदको मतगणनामा ४५६३ मत गनणा हुँदा देउवाले २१४२ मत पाउनु भएको हो । मतगणनामा शेखर कोइरालाले १७०८, प्रकाशमानसिंहले ३५५, विमलेन्द्र निधि– २४५ र कल्याण गुरुङले २० मत पाउनु भएको छ ।
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ । अव १ सय मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको थियो। मतगणनामा सुरुवातीदेखि अग्रता देउवाकै छ। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्छ।













प्रतिक्रिया दिनुहोस्