काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् ।
पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका प्रकाशमान सिंहलाई आफ्नो पक्षतिर तान्न संस्थापन पक्ष र संस्थापन इतर समूह जुटेको छ ।
संस्थापन पक्षका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँडले सिंहलाई उहाँकै निवास चाक्सीबारी पुगेर भेटवार्ता गर्नु भएको छ । यस्तै, संस्थापन इतर समूहका सभापतिका उम्मेदवार रहेका शेखर कोइरालाले पनि प्रकाशमान सिंहसँग छलफल गर्नु भएको छ ।तर, नेता प्रकाशमान सिंहले अहिलेसम्म कसलाई समर्थन गर्ने भन्नेबारे खुलाउनु भएको छैन । अहिले चाक्सीबारीमा सिंहले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँग छलफल गरिरहनु भएको छ । १४औँ महाधिवेशनका उम्मेदवार सिंहले ३ सय ७१ मात्र पाउनु भएको थियो ।अब कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुनेछ।
सिंहलाई आफ्नो पक्षमा पार्न खाँड चाक्सीबारी













प्रतिक्रिया दिनुहोस्